
नेपाली बजारमा सुनचाँदीकाे भाउ निरन्तर उकालाे लागेकाे छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीकाे भाउ निरन्तर उकालाे लागेकाे हाे ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव र मूल्यमा भएको क्रमिक वृद्धिसँगैकाे मागमा देखिएको परिवर्तनले नेपाली बजारमा भाउ निरन्तर उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २ सय कायम भएको छ ।
आज चाँदीको मूल्य पनि बढेर तोलाकाे ३ हजार ४ सय ९० निर्धारण भएको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २लाख ५० हजार ६ सय कायम भएको थियो भने चाँदी प्रतिताेला ३ हजार ३ सय ४५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन ४ हजार १ सय ७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएकाे छ ।


