
नेपाल प्रिमियर लिग (एनपीएल)काे दोस्रो संस्करणमा आज कर्णाली याक्स र काठमाण्डाैँ गोर्खाज भिड्दैछन् । त्रिवि क्रिकेट रङ्गशालामा दिउँसाे साढे ३ बजे सुरू हुने खेलमा कर्णाली याक्स र काठमाण्डाैँ गोर्खाज प्रतिस्पर्धा गर्न लागेका हुन् ।
कर्णाली याक्सले सोमपाल कामीको कप्तानीमा चारवटा खेलमा सहभागी भएर एकमात्र खेल जितेको छ भने दुई अंक सहित कर्णाली छैटौँ स्थानमा रहेकाे छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आजको खेल जित्नैपर्ने बाध्यता छ ।
त्यसैगरि करण केसीको नेतृत्वमा रहेको काठमाण्डाैँ गाेर्खाज ६ अंकसहित तेस्रो स्थानमा रहेकाे छ । काठमाण्डाैँ गोर्खाजलाई पनि प्लेअफको यात्रामा पुग्न यो खेल महत्त्वपूर्ण छ ।


