Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

पाटन दरबार क्षेत्रमा सवारीसाधन निषेध

१५ आइतबार , मंसिर २०८२२ दिन अगाडि

पाटन दरबार क्षेत्रमा सवारीसाधन निषेध

ललितपुर महानगरपालिकाकाे पाटन दरबारलगायत सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गर्न लागिएकाे छ । महानगरले पाटन दरबार क्षेत्रलगायत विभिन्न सम्पदा क्षेत्रमा चरणबद्ध रूपमा सवारी निषेध गर्न लागिएकाे हाे ।

अहिले महानगरपालिकाले पाटन दरबार क्षेत्र लगायत सम्पदा क्षेत्रमा सवारीसाधन निषेध गर्न परीक्षण शुरु गरेको नगरप्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन् । जसअनुसार पहिलो चरणमा ममदु गल्ली, गौरीशंकर मन्दिरदेखि ओल्खु गणेश मन्दिरसम्म, भीमसेनस्थान मन्दिरदेखि स्वठ नारायणमन्दिरसम्‍म र स्वठ चोकदेखि क्यालखु चोक सवारीसाधन निषेध गरिने बताइएकाे छ ।

त्यसैगरि दोश्रो चरण अन्तर्गत तिछुगल्ली मंगलबजार चोकदेखि चक्रवहिल चोकसम्म सवारी साधन निषेध गरिने छ । उक्त क्षेत्रमा मंसिर १३, १७ र २० गते दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म प्रवेश निषेध गरिने छ । त्यस्तै मंसिर २४ र २७ गते पनि बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म उक्त क्षेत्रमा सवारी साधन निषेध गरिने बताइएकाे छ ।