
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर घट्दाेक्रममा रहेकाे छ । आज उपत्यकाकाे तापक्रम निरन्तर घटेर ६.६ डिग्री सेल्सियस पुगेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार आज बिहान पौने बजेको मापनमा तापक्रम ६.६ डिग्री सेल्सियसमा झरेको बताइएकाे छ । हिजाे शनिबार बिहान पाैने ६ बजे उपत्यकाको न्यूनतम तापक्रम ७.० डिग्री सेल्सियस रहेकाे थियाे भने अहिले उपत्यकाको न्यूनतम तापक्रम निरन्तर झरेर ६.६ डिग्री सेल्सियस पुगेसँगै चिसाे बढेकाे छ ।
त्यसैगरि आज मुलुकभरकाे माैसम आंशिक बदली हुने महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहे पनि आज दिउँसो र राति देशभर आंशिक बदली रहने बताइएकाे छ ।


