Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

बैद्य र प्रचण्डले बन्दुक उठाउने

२४ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

काठमाडौंमा वैद्यले म बन्दुक उठाउँछु, प्रचण्ड पनि बन्दुक उठाउन आउनेछन्, नेपालमा अर्को सशस्त्र क्रान्ति हुनेछ भनेर चितवन नपुग्दै फेरि भने– प्रचण्डको सरकार चल्दैन। यता वैद्यलाई छाडेर माओवादी केन्द्र पुगेका वादलको समूह प्रचण्डले महरा च्यापेपछि त्रु्कद्ध भएर माओवादी केन्द्र समाप्त हुने घोषणा गरेका छन् भने विप्लव अन्तिम जनक्रान्तिको आगो फुक्दैछन् र भनिरहेका छन्– प्रचण्ड राष्ट्रघाती हुन्। अव प्रचण्डसँग के बाँकी रह्यो, पम्फा भुसालसम्म विरोधमा छिन्।

वैद्यले अनौठो घोषणा गरेका छन्– प्रचण्ड, विप्लव र अन्य माओवादी सबैलाई बन्दुक बोक्न बाध्य पार्नेछु। त्यो क्षमता म सँग छ। नेपालमा सशस्त्र युद्धको आवश्यकता झन बढेर गयो। वैद्यले हिमालय टेलिभिजनबाट पनि यसै भनेका छन्। अव हेर्नु यत्ति छ कि प्रचण्ड सरकारले जनताको लागि केही गर्दैन, यो संविधान कार्यान्वयन हुनै सक्दैन भनेर वैद्यले फेरि हतियार उठाउने निधो गर्नु र हतियार उठाउदा प्रचण्ड, विप्लवलाई समेत साथ दिन बाध्य पार्छु भन्नुको अन्तरनिहित कारण जेसुकै भए पनि वैद्यले अर्को जनयुद्धको उद्घोषचाहिं गरेका छन्।

बुझ्नेहरु भन्छन्– यो वैद्यभित्रको आक्रोसमात्र हो। दाह्रा नङ्ग्रा फुस्केका बैद्य भनेका बुढो बाघ हो, बुढा बाघको काम गर्जनेमात्र हो, बर्षने शक्ति होइन। तथापि सुरु देखि नै मोहन बैद्य भनेका माओवादीका थिङ्क ट्याङ्क मानिन्छन् र हालै हिसिला यमिले लेख लेखेर जनयुद्धकै बेलामा प्रचण्डले बाबुराम एण्ड कम्पनीलाई खाल्डोमा पुर्ने योजना बनाएको र भाग्यले बाँचेको रहस्योद्घाटन गर्नुले पनि माओवादीभित्रको अन्तरद्वन्द कति गहिरो र फराकिलो रहेछ भन्ने बुझ्न सकिन्छ। यद्यपि माओवादीले सत्ताको कमाण्ड सम्हालेको छ र सबै जनयुद्ध मा बन्दुक बोक्ने र त्रासदी दमन गर्नेहरुलाई ती अपराधहरुबाट मुक्त गराएर बैतर्णी तर्ने वातावरण मिलाइदिए भने सबैले प्रचण्डको जय भन्ने स्थिति आउनेछ, प्रचण्डलाई बन्दुक बोक्न बाध्य पार्न सकिनेछैन। त्यसै पनि प्रचण्ड अव बन्दुक बोक्ने मानसिकताबाट अलग भैसकेका छन्।