Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कांग्रेसलाई कर्‍यापझ्याप

२४ सोमबार , श्रावण २०७३८ बर्ष अगाडि

९ महिनामा सरकार फेर्न कांग्रेससँग कुनै सम्झौता गरेको छैन भनेर प्रचण्डले कांग्रेसलाई चड्कनच्यूरा हानेका छन्। राजनीतिभित्रको राजनीति बुझ्नेहरु भन्छन्– शनिवार प्रचण्ड देउवा निवास पुगेका थिए, कर्मचारीले भनेकै नमान्ने भए भनेपछि देउवाकै सुझावअनुसार प्रचण्डले आफूलाई स्थायी, सुपर र शक्तिशाली देखाउन ९ महिने सहमति नगरेको हल्ला पिटाएका हुन्। संसदको रोष्टममै उभिएर दुबै नेताले आलोपालो गर्ने सम्झौता गरेको भनेर संसदीय पद्धतिकै मान मर्दन गरिसकेको स्थितिमा प्रचण्डले कांग्रेसलाई कर्‍यापझ्याप पारेर ९ महिनापछि फेरि ओलीसँगै टाँस्सिन पुग्छन् भनेर कसैलाई विश्वास भने देखिदैन।

ओलीले भद्रसहमति तोडेको कुरा गर्ने प्रचण्डले देउवासँग अभद्रताको खेल खेल्लान् र? हुन त बोलीको ठेगान नभएका नेता मानिन्छन् प्रचण्ड । प्रचण्डले भनेका छन्– म्याद तोकेर प्रधानमन्त्री भएको होइन।

खबरदार। कांग्रेस नेता शंकर भण्डारीले ९ महिनापछि बेइमानी गरे त्यसको गम्भीर परिणाम निस्कने, राजनीति गम्भीर मोडमा पुग्ने चेतावनी दिएका छन्। प्रचण्डको अभिव्यक्तिले कांग्रेसीहरुमा ९ रेक्टरको भूकम्प गएको छ। नेपाल टेलिभिजनबाट प्रचण्डले आफ्नो सरकार पुरै समय टिक्ने, चुनाव गराउने भनेपछि कांग्रेस तरङि्गत हुनपुगेको छ।