Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आज चितवन र काठमाडौँ, कर्णाली र विराटनगर भिड्ने

१३ शुक्रबार , मंसिर २०८२३ महिना अगाडि

आज चितवन र काठमाडौँ, कर्णाली र विराटनगर भिड्ने

मंसिर १ गतेदेखि काठमाडाैँकाे किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल)काे दोस्रो संस्करण अन्तर्गत आज दुई खेल हुँदैछ । आजकाे पहिलाे खेल पाैने १२ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाज हुन लागेकाे हाे ।

पहिलाे खेल खेल्ने तयारीमा रहेकाे चितवन राइनोज चार अंक सहित अंक तालिकाकाे तेश्राे स्थानमा रहेकाे छ भने काठमाडौँ गोर्खाजले दुई अंक मात्र बटुलेको छ ।

त्यसैगरि आजकाे दाेश्राे खेल दिउँसाे ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । यसअघिकाे तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब रहेकाे छ ।  

यता अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ भने आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।