Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपाल प्रहरी समाचार

१२ बिहिबार , मंसिर २०८२३ महिना अगाडि

नेपाल प्रहरी समाचार

गरगहनाहरू सहित दुई जना पक्राउ
काठमाडौं, ११ मंसिर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको होल्ड ब्यागेज चेकिङ एरियाबाट सुन, चाँदी तथा मोतीको जस्तो देखिने गरगहनाहरू सहित २ जना अमेरिकी नागरिकहरू मंगलबार राति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ३२ वर्षीय सुनिल शंकर र ३१ वर्षीया विनिता गजमेर रहेका छन् ।  
एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै संयुक्त राज्य अमेरिका जान लागेका उनीहरूलाई जाँच गर्ने क्रममा सुनिलको लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ३१ ग्राम ४ सय मिलिग्राम, चाँदी जस्तो देखिने धातुका गरगहना करिब १ किलो ३ सय ४६ ग्राम र मोतीको जस्तो देखिने धातुका गरगहना करिब ५३ ग्राम तथा द्यक्ष्ल्क्ष्त्ब् को लगेजबाट सुन जस्तो देखिने धातुका गरगहना करिब ९१ ग्राम ७ सय ५ मिलिग्राम फेला पारी पक्राउ गरेको हो । 
    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
काठमाडौं,११ मंसिर, मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१ तरकारी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ९ सय ६० ट्याब्लेट सहित सोही उपमहानगरपालिका(१३ बस्ने २७ वर्षीय सोनम मोक्तानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा।प्र।०३(०० १ ह ०१२६ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी अटो चालक सोनमलाई पक्राउ गरेको हो । 
स्याङ्जा, पुतलीबजार नगरपालिका(१ अभियान पथबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ एम्पुल, फेनारगन ६ एम्पुल र बुप्रेनोर्फिन ६ एम्पुल सहित सोही ठाउँ बस्ने २६ वर्षीय सन्देश विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो 
सिराहा, नरहा गाउँपालिका(३ चौहर्वा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम ५० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सर्लाही हरिवन नगरपालिका(१० बस्ने ३२ वर्षीय कृष्ण रिजाल समेत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डुबेर मृत्यु
कास्की, ११ मंसिर, पोखरा महानगरपालिका(१४ भोटेचौतरा बस्ने रमेश ठडराईको छोरा १८ महिनाको सम्राट ठडराईको सोही ठाउँस्थित पोखरीमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ । 
डुबेर अशक्त भएका उनको अन्नपुर्ण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
बाँके, कोहलपुर नगरपालिका(१० आरसी टोलमा नेपालगंज उपमहानगरपालिका(१ बस्ने ५० वर्षीय कृष्ण बहादुर सुनार बिहीबार मृत अवस्थामा फेला परेका छन् । 
    यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका(२ पुष्पलाल चोकस्थित रूकमेली सिस्ने होटल एण्ड लजको कोठा नम्बर १०३ मा दाङ तुलसीपुर बस्ने ३६ वर्षीय देवराज देवकोटा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 
    सप्तरी, सुरूङ्गा नगरपालिका(११ स्थित बाटो छेउमा रहेको सार्वजनिक दहमा सोही नगरपालिका(११ खजनपुर टोल बस्ने ७० वर्षीय रामदेव मण्डल बिहीबार मृत अवस्थामा फेला परेका छन् । 
    पाल्पा, तानसेन नगरपालिका(८ पाडेखर्क बस्ने ५५ वर्षीया रूकमाया नेपाली आफ्नै घर नजिकै सडक छेउमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
गौरादह नगरपालिका(५ चान्दु टोल बस्ने कुल बहादुर थापाको गोठमा गए राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
    यसैगरी झापा, अर्जुनधारा नगरपालिका(८ हात्तीकिल्ला बस्ने राजन चौलागाईको घरको छतमा रहेको पूजा कोठामा बिहीबार बिहान आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 
    प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।