Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

आजदेखि १०० दरको नयाँ नोट बजारमा

१२ बिहिबार , मंसिर २०८२एक बर्ष अगाडि

आजदेखि १०० दरको नयाँ नोट बजारमा

नेपाल राष्ट्र बैंकले आजदेखि १०० दरको नयाँ नोट बजारमा ल्याउने भएकाे छ । नयाँ विशेषतासहितको १०० दरको नयाँ नोट चलनचल्तीमा ल्याएकाे हाे ।

राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको छ । साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ,’ भन्ने प्रतिज्ञा मूलक वाक्यांश राखिएको छ ।

आजदेखि चलनचल्तीमा आउन नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहेकाे छ । त्यसैगरि नोटको मध्य भागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र राखिएकाे  छ ।

राष्ट्र बैंकका अनुसार दृष्टिविहीनले छामेर नोट पहिचान गर्न सक्ने गरी अशोक स्तम्भसँगै एउटा कालो थोप्ला राखिएको छ भने बायाँतर्फ अण्डाकार भित्र ‘सिल्भर मेटालिक’मा मायादेवीको चित्र राखिएकाे छ ।

नाेटकाे सुरक्षाको लागि नोटमा २ मिमि चौडा भएको र सीधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रङ देखिने सुरक्षा धागो राखिएको छ । नयाँ नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ भने तल्लो भागको किनारमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ ।