Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै

११ बुधबार , मंसिर २०८२एक बर्ष अगाडि

विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै

आज नेपाल प्रिमियर लिग (एनपीएल)काे दाश्राे संस्करण विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउसो ४ बजेदेखि हुने खेलमा उक्त टाेलिले प्रतिस्पर्धा गर्न लागेका हुन् ।  

जारी प्रतियोगितामा विराटनगरले अहिलेसम्म लगातार तीन खेल जितेर अपराजित रहेको छ भने चितवन राइनोजले दुई खेलमा एक जित र एक हार बेहोरेको छ । विराटनगर कप्तानी सन्दीप लामिछाने गरेका छन भने चितवनकाे कप्तान कुशल मल्ल रहेका छन् ।

विराटनगर किंग्समा सन्दीप लामिछानेको कप्तानीमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरि कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।