
गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दाेलनकाे क्रममा फरार भएका मध्ये १ सय ६८ कैदीबन्दी अझै फरार छन् । भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका ४ सय ४० कैदीबन्दीमध्ये अझै १ सय ६८ जना कैदीबन्दी फरार रहेका हुन् ।
मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २ सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन् । फरार भएका ४ सय ४० कैदीबन्दीमध्ये आज बिहानसम्म २ सय ७२ कैदीबन्दी कारागार फर्किएको कारागारका प्रमुख सुवास पौडेलले जानकारी दिएका छन् ।
त्यस्तै कारागारबाट भागेकामध्ये अहिलेसम्म २ सय ७२ र अन्य कारागारबाट फरार ३७ गरी ३ सय ९ जना कैदीबन्दी भीमफेदी कारागार फर्किएको पनि कारगार प्रमुख पौडेलले बताएका छन् । पाैडेलका अनुसार कारगरबाट फरार भएका ३९ जना विदेशी कैदीबन्दीमध्ये १३ जना कारागार फर्किएको र २६ जना अझै फरार रहेकाे बताइएकाे छ ।
फरार कैदीबन्दीको खोजीका क्रममा सुरक्षाकर्मीले बिभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएकाे थियाे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार अहिले कारागारबाट भागेका फरार कैदीबन्दीको खोजीकार्य तीव्र पारिएको छ ।


