
नेपाल प्रिमियर लिग (एनपीएल)काे दोस्रो संस्करण अन्तर्गत आजको खेलमा काठमाडाैँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसाे ४ बजे शुरु हुने खेलामा उक्त टाेलिले प्रतिस्पर्धा गर्न लागेका हुन् ।
यसअघि तीन खेल खेलिसकेकाे काठमाडाैँ गोर्खाजले एक जित र दुई हार बेहाेरेर दुई अंकसहित तेस्रो स्थानमा रहेकाे छ भने टाेलिकाे कप्तानी करण केसीले गरेका छन् । त्यसैगरि रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अंक सहित चौथो स्थानमा रहेकाे छ ।
आजकाे खेलमा दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।


