
गोरखा जिल्लाकाे एक विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ । गोरखाकाे सहिद लखन गाउँपालिका-४, सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि गएराति खुकुरी प्रहार भएको हो ।
चिनियाँ नागरिकमाथि सोही विद्यालय निर्माणमा खटिएका स्थानीय कामदार मिलन आलेले खुकुरीले प्रहार गरेकाे बताइएकाे छ । चिनियाँ नागरिक थोङसँगै रसुवा घर भएका अर्का एक जना कामदारलाई पनि आलेले आक्रमण गर्दा उनको पनि ढाड, कान र गालामा चोट लागेको छ ।
अहिले घाइते दुवैजनालाई उपचारका लागि गोरखा अस्पताल पठाइएको छ । आक्रमणकारी आले फरार रहेका छन भने घटनास्थलमा प्रहरी पुगिसकेको र फरार रहेकाको खोजी भइरहेको गोरखा जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
लजिस्टिक इन्जार्च समेत रहेकाे चिनियाँ नागरिक थोङ र अर्का कामदारलाई खुकुरी प्रहार गर्ने आले भवन निर्माणमा खटिने कामदारहरूलाई खाना बनाउने काम गर्थे ।


