Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सूर्यविनाय-धुलिखेल सडक विस्तार तीव्रता दिन आग्रह

०८ आइतबार , मंसिर २०८२५ महिना अगाडि

सूर्यविनाय-धुलिखेल सडक विस्तार तीव्रता दिन आग्रह

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको कामलाई तीव्रता दिन आग्रह गरेका छन् । सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिँदै मन्त्री घिसिङले सडक विस्तारको कामलाई तीव्रता दिन आग्रह गरेका गरेका हुन् ।

अहिले भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलान्चोकको धुलिखेलसम्मको सडक विस्तारको काम ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गतकाे सूर्यविनायक-धुलिखेल सडकखण्डकाे १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ ।

जसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको सकिएकाे छ भने काभ्रेकाे साँगादेखि धुलिखेलसम्मको ७.५ किलाेमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको बताइएकाे छ ।

हाल उक्त सडकखण्डकाे दुवै प्याकेजको निर्माणकार्य धमाधम भइरहेको छ । निर्माण भइरहेकाे उक्त सडकखण्डकाे ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सडक विस्तारको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएका छन् ।

मन्त्री घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी काम गर्न अहिलेकाे समय उपयुक्त रहेकाले निर्माणलाई तीव्रता दिन आग्रह गरेका छन् ।

आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्णरूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गर्दै अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने मन्त्री घिसिङले जनाएका छन् ।

यसअघि सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । अहिले दुवै प्याकेजमा टेवा पर्खाल तथा नाली निर्माण ९५ प्रतिशत भएकाे र साँगा-धुलिखेल खण्डको करिब २ किलोमिटर सडक कालोपत्रे समेत गरिएको छ ।