Advertisement Banner
Advertisement Banner

०८ आइतबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

चिसाे बढेसँगै उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस

०८ आइतबार , मंसिर २०८२४ घण्टा अगाडि

चिसाे बढेसँगै उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस

काठमाडौं उपत्यकामा दैनिक चिसो बढ्ने क्रमसँगै न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा झरेकाे छ । मंसिर ५ गते शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८.५ र आज आइतबार ७.८ डिग्री सेल्सियसमा झरेको हाे ।  

अहिले काठमाडौं उपत्यकामा दैनिक चिसो बढ्नेक्रम निरन्तर जारी छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान पाैने ६ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.८ डिग्री देखिएको बताइएकाे छ ।

महाशाखाले हरेक दिन काठमाडौंसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्दछ । जसअनुसार न्यूनतम बिहान पाैने ९ बजे मापन हुन्छ भने अधिकतम साँझ पाैने ६ बजे मापन गरिन्छ ।