
आज पहिलो दृष्टिविहीन टी–ट्वेन्टी विश्वकपकाे फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले दृष्टिविहीन टी–ट्वेन्टी विश्वकपको उपाधिका लागि आज भारतसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा बिहान १० बजेबाट फइनल खेल सुरु हुनेछ । यसअघि सेमिफाइनलमा पाकिस्तानलाई सात विकेटले पराजित गर्दै नेपालले फाइनलमा थियाे ।
यता पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको थियो । दृष्टिविहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन् ।


