Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सेनाको सूक्ष्म अध्ययन

१७ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले राजनीतिक परिस्थितिको सुक्षम अध्ययन गरिरहेका छों भनेर दिएको अभिव्यक्तिको तातो सेलाएको छैन। यद्यपि केपी ओलीले राजीनामा दिएको भोलिपल्टै साेमवार प्रधानसेनापतिले यस्तो अभिव्यक्ति दिएका हुन् र त्यसको ७ दिन गुज्रेर सहमतिको सरकार नबन्ने भएपछि बहुमतीय सरकारको प्रकृयासमेत सुरु भइसकेको छ।

प्रचण्ड प्रधानमन्त्री बन्न निश्चित छ। तथापि राजनीतिक गतिविधि यतिबिघ्न तरल छ कि जुनसुकै बेला जे पनि हुनसक्ने स्थिति भएकाले पनि सेनाको सुक्ष्म अध्ययनको अर्थ र औचित्य सकियो भन्न मिल्ने अवस्था छैन। ९ वर्षमा ८ सरकार, अर्थात राजनीतिले स्थिरता पाएकै छैन। यसकारण पनि प्रधानसेनापति क्षेत्रीले दिएको सुक्ष्म अध्ययनको अर्थ राष्ट्रिय सुरक्षामा कुनै पनि खतरा देखियो भने सेना चुप लागेर बस्दैन, तैयार छ भन्ने नै हो।आइतवार राष्ट्रपतिसँग राष्ट्रिय सुरक्षा संवेदशीलताका बारेमा विशेष छलफल गरेका प्रधानसेनापतिले भोलिपल्टै यस्तो बयान दिनु भनेको नेपालको राजनीतिक स्थिति परिस्थिति सहज छैन भन्ने नै हो। सैनिक स्रोत भन्छ– अहिलेको तरल राजनीतिक अवस्थामा संविधानविरोधी आन्तरिक र बाह्य शक्तिले मुलुकको सार्वभौमिकता, एकता र राष्ट्रिय सुरक्षामा औंला नठड्याऊन् भनेर त्यस्ता हरकतलाई रोक्न प्रधानसेनापतिको यति कडा अभिव्यक्ति आएको हो। स्मरणीय छ– सैनिक मुख्यालयद्वारा सोमबार जारी विज्ञप्तिमा प्रधानसेनापति क्षेत्रीले मुलुकको विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई सूक्ष्म ढंगबाट नियालिरहेको र राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढंगबाट सामना गर्न नेपाली सेना सदैव तत्पर रहेको उल्लेख छ।

अनर्थ नलागोस् भनेर सैनिक प्रवक्ता ताराबहादुर कार्कीले मुलुकको विद्यमान राजनीतिक र राष्ट्रिय सुरक्षाप्रति प्रधानसेनापतिले चिन्ता व्यक्त गरेको बताए। 'प्रधानसेनापतिज्यूले संविधानअनुसार नेपाली सेनाको दायित्व र जिम्मेवारीको मात्र कुरा गर्नुभएको हो।' अर्का एक सैनिक अधिकारीका अनुसार 'मुलुकको सार्वभौमिकता र सुरक्षा संवेदनशील अवस्थामा छ,। यसलाई नकार्न सकिदैन। गमला हस्तान्तरण कार्यक्रमबाट प्रधानसेनापतिको अनिष्ट नहोस् भन्ने हमला नै हो।