Advertisement Banner
Advertisement Banner

०७ शनिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

नेपालगन्ज उपमहानगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाई

०७ शनिबार , मंसिर २०८२७ घण्टा अगाडि

नेपालगन्ज उपमहानगरपालिकाले गर्यो पहिलो चौमासिक सार्वजनिक सुनुवाई

मिति २०८२ मंसिर ४ गते नेपालगन्ज । सात बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गर्दै नेपालगन्ज उपमहानगरपालिकाको आ।ब। २०८२र०८३ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न भएकोेछ । बास नेपालको सहजिकरणमा आज सम्पन्न सुनुवाईमा गरिएका प्रतिबद्धताहरुमा नेपालगन्ज उपमहानगरपालिकाले बनाउने योजना कार्यक्रमलाई लैससासमैत्री बनाउने तथा निर्माण गरिने भौतीक संरचनालाई अपांगता मैत्री बनाउने नीतिको पूर्ण कार्यान्वयन गर्ने, उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा सडक अतिक्रमण भइरहेकाले अतिक्रमण र फुटपात ब्यवस्थापनका लागि विशेष अभियान सञ्चालन गर्ने, उपमहानगरपालिका क्षेत्र भित्र छाडा पशु चौपायाँ ब्यवस्थापनका लागि आम नगरबासि, नगरप्रहरी स्थानीय प्रतिनिधि र सरोकारवाला सबै मिलेर समस्या समाधान गर्नेगरी विशेष योजना बनाउने, नगरभित्रका विभिन्न सडकमा सडक बत्ति नभएको भन्ने गुनासो आएकाले सो समस्या समाधान गर्न स्थलगत अनुगमन गरी तत्काल जडान गर्ने, उपमहानगरपालिकाको विभिन्न स्थानमा नाला सरसफाई र ढल निकासका लागि अनुगमन गरी आवश्यक कार्य गर्ने, वडा नम्बर २१ र २२ मा पर्ने कान्तितालको संरक्षण र ब्यवस्थापनका लागि चालु आर्थिक बर्ष भित्र बत्ति जडान र अन्य आवश्यक कार्य गर्ने, लक्षित बर्ग उत्थान कार्यक्रम अन्तरगत लक्षित बर्गले आवश्यकता पहिचान गरी माग गरि आएमा आवश्यक सम्बोधन गर्ने रहेका छन् । सुनुवाईको शुरुवातमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशसकिय अधिकृत रामहरी शर्माले पहिलो चौमासिकमा भएका क्रियाकलाप तथा महत्वपूर्ण उपलब्धीको बारेमा जानकारी गराएका थिए । सुनुवाईमा उठेका प्रश्न तथा जिज्ञासाको समाधान नगर प्रमुख प्रशान्त बिष्ट, प्रमुख प्रशासकिय अधिकृत वडा अध्यक्ष र शाखा प्रमुखहरुले दिएका थिए । बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजिकरण गरेको सुनुवाईमा स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए भने नागरिक प्रतिबेदन पत्र र बर्हिगमन अभिमतको नतिजा घोषणा बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए । उपमहानगरपालिकाको पहिलो चौमासिक सार्वजनिक सुनुवाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ कान्तिताल नजिक बाबाकुटी परिसरमा भएको थियो ।----- माधव कार्की
जन सम्पर्क अधिकृत
बास नेपाल