Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

‘खरानीबाट उठेर’ मा सुस्मिताको स्वरले बोल्यो परिवर्तनको आवाज

०४ बुधबार , मंसिर २०८२५ महिना अगाडि

 ‘खरानीबाट उठेर’ मा सुस्मिताको स्वरले बोल्यो परिवर्तनको आवाज

काठमाडौं। पछिल्लो समय नेपाली सांगीतिक आकाशमा आफ्नो बुलन्द र ओजिलो स्वरका कारण चर्चामा रहेकी गायिका सुस्मिता स्याङ्तानले देशभक्तिले ओतप्रोत नयाँ गीत ुखरानीबाट उठेरु सार्वजनिक गरेकी छन्। निराशा चिर्दै नयाँ नेपाल निर्माणको संकल्प बोकेको यो गीतले सार्वजनिक हुनासाथ स्रोता तथा दर्शकको मन जित्न थालेको छ।

यस गीतमा गायिका सुस्मिताले आफ्नो गायकीको उच्चतम नमुना पेस गरेकी छन् । उनको स्वरमा एकैसाथ आक्रोश, ऊर्जा र भविष्यप्रतिको अठोट सुन्न सकिन्छ। शब्दले मागेको भावलाई उनले आफ्नो आवाजमार्फत जीवन्त बनाएकी छन्। ुखरानीबाट उठेरु भन्ने वाक्यांशमा उनले भरेको भावनात्मक गहिराइले साँच्चै नै सुतेको समाजलाई ब्युँझाउने सामर्थ्य राख्छ । सुस्मिताको यो प्रस्तुतिले उनलाई केवल एक गायिका मात्र नभएर परिवर्तनको संवाहकका रूपमा उभ्याएको छ। उनको स्वरको यही बुलन्दताले गीतलाई एक सामान्य रचनाबाट माथि उठाएर जनताको आवाज  बनाएको छ।

विवेक लोप्चनको सशक्त शब्द तथा संगीत सिर्जना रहेको यस गीतमा सुस्मिता स्याङ्तानको ओजिलो स्वर गुञ्जिएको छ । ूनिरंकुश सत्ता फाल्यौं दलालीलाई भगायौ, जनताको शक्तिले नै इतिहास लेखायौू जस्ता हरफहरूलाई न्याय गर्न कुन्साङ दोर्जे लोप्चनले उत्कृष्ट संगीत संयोजन ९एरेन्ज० गरेका छन्। अडियोको प्राविधिक पक्षतर्फ कुपण्डोलस्थित हुरी रेकर्डिङ स्टुडियोमा ठाकुर सुवेदीले रेकर्ड गरेको यस गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका हुन्। त्यसैगरी भिडियोतर्फको जिम्मेवारी सम्हाल्दै यमन माझीले निर्देशन गरेको म्युजिक भिडियोलाई रोनिश तामाङले छायांकन गरेका हुन् भने सम्पादन र कलर ग्रेडिङको काम नरेन राज भट्टराईले सम्पन्न गरेका छन्।

सुस्मिता स्याङ्तान केवल एक गायिका मात्र होइनन्, उनी पछिल्लो समय सामाजिक विकृति र राजनीतिक बेथितिविरुद्ध गीत(संगीतका माध्यमबाट खबरदारी गर्ने एक सशक्त अभियानकर्मीका रूपमा समेत चिनिन्छिन् । उनको सांगीतिक यात्रा विविधताले भरिपूर्ण छ । सुरुवाती दिनमा तामाङ सेलो र लोक भाकाहरू जस्तै ुधिम साङबारीु, ुङाला माया अटेरीु, ुस्याङ्जा ब्राु जस्ता गीतबाट आफ्नो पहिचान बनाएकी सुस्मिताले विस्तारै आफ्नो दायरा फराकिलो बनाउँदै लगेकी हुन्।

विशेषगरी, र्‍याप ९च्बउ० र आधुनिक पप विधामा पनि उत्तिकै दख्खल राख्ने सुस्मिताले ुकमिसनु, ुगरिबलाई कानुनु, ुधरर आँशुु र ुकुलमानलाई फालेरु जस्ता समसामयिक र विद्रोही चेतका गीतहरूमार्फत आफूलाई ुजेन(जीु ९न्भल(श्० पुस्ताको मनपर्ने कलाकारका रूपमा स्थापित गराएकी छन्। उनका गीतहरूमा प्रायस् समाजका भुइँमान्छेको पीडा, भ्रष्टाचारविरुद्धको आक्रोश र प्रणाली सुधार्ने हुटहुटी पाइन्छ । सुस्मिताको ुचेन्ज माइ नेसनु  जस्ता गीतले उनलाई युवा पुस्तामाझ ुरिभोलुसनरी सिंगरु को छवि दिएको छ । अहिलेको नयाँ गीत ुखरानीबाट उठेरु पनि उनको यही विद्रोही र परिवर्तनकारी सांगीतिक शृङ्खलाको एक सशक्त कडी हो।

ुखरानीबाट उठेरु अहिलेको राजनीतिक र सामाजिक परिवेश सुहाउँदो सिर्जना हो। सुस्मिता स्याङ्तानको शक्तिशाली स्वर, विगतको सामाजिक सांगीतिक पृष्ठभूमि र बलियो टिम वर्कले यस गीतलाई लामो समयसम्म जीवन्त राख्ने निश्चित छ। देश बनाउने हुटहुटी बोकेका हरेक नेपाली, विशेषगरी परिवर्तन चाहने युवा पुस्ताको ुप्लेलिस्टु मा यो गीतले विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।