Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

१९५० को सन्धि खारेज नहुने भो

१७ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

महेन्द्र पी लामा– नेपाल–भारतवीचका समस्या समाधान गर्न बनेको प्रवृद्ध समूहका भारतीय सदस्य हुन्। उनी भन्छन् नाकाबन्दी किन भयो भन्ने कुरा दुईवर्षपछि थाहा हुनेछ। लामाको संकेत नाकावन्दी सुनियोजित रुपमा भएको थियो। नेपालमा इपीजीको पहिलो बैठक भइरहेका बेलामा चारवटा मुद्दा समावेश भएका र त्यसमा राजनीतिक, सरकार सरकारवीचको सम्बन्ध, आर्थिक तथा पर्यावरण सम्बन्धको मुद्दा र सामाजिक सांस्कृतिक मुद्दा। यिनै चार विषयमा टेकेर नेपाल भारतवीचको ऐतिहासिक दस्तावेज लेख्ने काम हुन्छ  भनेका महेन्द्र पी लामा अव नेपाललाई तर्साउन, धम्क्याउन थालेको आभाष हुनथालेको छ।

पहिलो बैठकमै राजनीतिक मुद्दामा छलफल गरेर फर्केका महेन्द्र पी लामा अव नेपालको विदेशनीति, भारतको सुरक्षा र स्व्ाार्थका कुराहरुमा छलफल गर्ने म्याण्डेट पाएको बताउँछन् र समष्ठि विषयहरुमा छलफल हुने र टुंगोमा पुग्ने भन्छन्।  ३ वर्षको समय सीमा पाएको यो प्रवृद्ध समूह यथार्थमा नेपाल भारत समस्या बल्झाउने र नेपाललाई कुरै कुरामा अल्झाउने भारतको नयाँ रणनीति हो। यिनै लामा भन्छन्– समिति ८ जनाको छ, रिपोर्ट दुबै मुलुकका जनताको बनाइनेछ।नेपालको मुख्य समस्या १९५० को सन्धि खारेजी र समयानुकूल सन्धिको तर्जुमा हो। अव यिनै लामा भन्छन्– सरकारले गर्ने काम प्रवृद्ध बर्गले गर्दैन। यसको निर्णय दुबै मुलुकले गर्नेहो। त्यसो भए यो प्रवृद्ध समूह किन भन्ने प्रश्नमा सम्बन्धको व्यापक अध्ययन र विश्लेषणका लागि भन्छन् उनी।

लामा नरेन्द्र मोदीकै फूर्ति लाउँछन् र भन्छन्– मोदीजी नेपाल आएका बेलामा भनेकै हो, नेपाललाई जे चित्त बुझेको छैन, भने हुन्छ। भारत विचार गर्न तैयार छ। अर्थात १९५० को सन्धि खारेज हुनेवाला छैन भनेर बुझौं। यो प्रवुद्ध समूह नेपाल भारत सम्बन्ध २१औं शताव्दि अनुकूल बनाउने कसरी भनेर मार्गचित्र तैयार गर्न बनेको हो।

१९५० को सन्धि खारेज नहुने भो, नेपाललाई सताइरहनेभो।