Advertisement Banner
Advertisement Banner

०७ शनिबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

ताप्लेजुङमा आगलागी हुँदा चार घर जल्याे

०४ बुधबार , मंसिर २०८२३ दिन अगाडि

ताप्लेजुङमा आगलागी हुँदा चार घर जल्याे

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् । गएराति ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४, तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेकाे हाे ।

आगलागी हुँदा इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका प्रहरीले जनाएकाे छ । आगलागीबाट खाद्यान्नलगायत अन्य सामग्री जलेर नष्ट भएकाे र अहिले क्षतिको विवरण सङ्कलन थालेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

आगलागीमा मानवीय क्षति भने नभएकाे गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले जनाएका छन् । राति ११ बजेदेखि शुरु भएको भीषण आगलागी नेपाली सेना, नेपाल प्रहरीसहित स्थानीय मिलेर निभाइएका थिए ।