
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनअन्तर्गत आज काठमाडौँ गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि जारी खेलमा यसअघि काठमाडौँले सोमबार जनकपुरलाई ५ विकेटले हराएको थियो भने सुदूरपश्चिमले पहिलो खेल खेल्न लागेकाे हाे ।
आज काठमाडौँ गोर्खाज र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच कडा प्रतिस्पर्धा हुँदैछ । काठमाडौँ गोर्खाजले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेर आज दोस्रो जितको खोजीमा हुँदा सुदूरपश्चिम सुखद् सुरुआत गर्ने लक्ष्यमा रहनेछ ।
त्यस्तै काठमाडौँको नेतृत्व करण केसीले गरेका छन भने सुदूरपश्चिम रोयल्सको कप्तानी नेपाली राष्ट्रिय टिमका उपकप्तानसमेत रहेका दीपेन्द्रसिंह ऐरीले गर्दैछन् ।


