
आज बिहानैदेखि पशुपतिनाथ क्षेत्रमा पितृका नाममा शतबीज (सतबिउ) छर्नेको घुइँचो लागेको छ । मार्गशीर्ष कृष्ण चतुर्दशी अर्थात् बाला चतुर्दशीका दिन पशुपतिनाथ क्षेत्रमा शतबीज छर्नेको घुइँचो लागेको हाे ।
हिँजाे रातिदेखि पितृका नाममा दीप तथा महादीप बालेर जाग्राम बसेका श्रद्धालुहरुले आज बाह्ममूहुर्त्तमै बागमतीमा बत्ती बगाउने परम्परा रहेकाे पाइन्छ । त्यसपछि स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने परम्परा रहेकाे छ ।
यसरी छरिने शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि फल र विभिन्न किसिमका फूल हुन्छन् । पशुपति क्षेत्रकाे १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किरातेश्वर आदि ठाउँमा शतबीज छरिन्छ ।


