Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सुनचाँदीको मूल्य घट्याे

०३ मंगलबार , मंसिर २०८२१३ घण्टा अगाडि

सुनचाँदीको मूल्य घट्याे

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको ३ हजार ८ सय र चाँदीको मूल्य तोलामा ६५ रूपैयाँले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ३९ हजार ५ सय र चाँदी प्रतितोला ३ हजार ९० रूपैयाँमा खरिदबिक्री भइरहेकाे छ । अघिल्लाे दिन मंसीर १ गते झण्डै ७ हजार रूपैयाँले सुनकाे मूल्यमा गिरावट आएको थियाे ।

त्यसैगरि अन्तरराष्ट्रिय बजारमा आज सुन प्रति औंस ४ हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको बताइएकाे छ ।