Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

एनपीएलमा आज दुई खेल हुने

०३ मंगलबार , मंसिर २०८२१७ घण्टा अगाडि

एनपीएलमा आज दुई खेल हुने

मंसिर १ गतेबाट सुरु भएकाे नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतकाे खेल तालिका अनुसार आज दुई खेल हुने भएकाे छ । आजकाे पहिलाे खेल चितवन राइनोज र कर्णाली याक्स तथा दाेश्राे खेल विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच हुन लागेकाे हाे ।

काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले सोमपाल कामीको नेतृत्वमा रहेको कर्णाली याक्ससँग बिहान पाैने १२ बजे प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरि दाेश्राै खेल दिउँसो ४ बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । युवा स्टार सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि हिजाेकाे पहिलाे उद्धघाटन खेला जनकपुर बाेल्टस् र काठमाडाैँ गाेर्खाजवीच भएकाे थियाे भने उक्त उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई काठमाडौं गोर्खाजले ५ विकेटले पराजित गरेकाे थियाे ।

एनपीएलका सबै खेल त्रिवि मैदानमा सञ्चालन गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएकाे छ भने दर्शकको सुविधाका लागि दिउँसो र राति गरेर खेलहरू आयोजना गरिएको बताइएकाे छ । क्यानले हरेक खेलका लागि ९ हजार ४ सय ५० टिकट बिक्री गर्ने जनाएको छ ।

हिजाे मङ्सिर १ गतेदेखि सुरु भएकाे खेल मंसीर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित कुल ३२ खेलहरू समावेश गरिएकाे छ ।