Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

दुर्गा प्रसाईँ मध्यरातमा पक्राउ

०३ मंगलबार , मंसिर २०८२१८ घण्टा अगाडि

दुर्गा प्रसाईँ मध्यरातमा पक्राउ

दुर्गा प्रसाईँलाई गएराति भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएकाे छ । प्रसाईँलाई सोमबार मध्यरातमा प्रहरीले पक्राउ गरेको हो ।    

सार्वजनिक शान्ति खलल पारेको कसुरमा प्रहरीले प्रसाईँलाई पक्राउ गरेको हो । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति  दिएकाले उनलाई  मध्यरातमा पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पछि ​प्रसाईँलाई प्रहरीले भद्रकाली लगेको उनको सचिवालयले जानकारी  दिएको छ ।

मेडिकल व्यवसायी समेत रहेका प्रसाईँ राजावादी गतिविधिमा संलग्न रहेका छन् भने बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए । उनले मंसिर ७ देखि आन्दोलनको घोषणा गरेपश्चात प्रहरीले यसलाई गम्भीरताका साथ अनुसन्धान गरिरहेको थियो ।

यसअघि गतवर्ष चैत्र १५ गते हिंसात्मक आन्दोलनपछि फरार भएर भारत पुगेका प्रसाईँ पक्राउ परेका थिए भने अदालतको आदेशपछि जेलबाट छुटेका थिए ।