Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अलपत्र पारिएका २५ रुग्ण ठेक्का तोडियाे

०२ सोमबार , मंसिर २०८२३ महिना अगाडि

अलपत्र पारिएका २५ रुग्ण ठेक्का तोडियाे

सम्झौता पछि काम नगरेर अलपत्र पारिएका २५ रुग्ण ठेक्का तोडिएकाे छ । सडक डिभिजन काठमाडौँ अन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै सम्झौता पछि तोकिएको समयभित्र निर्माण सम्पन्न नगरि अलपत्र पारिएका २५ वटा निर्माण कम्पनीसँग ठेक्का तोडेको हो ।

संचालित काठमाडौँका विभिन्न सडक निर्माण तथा मर्मतको लागि निर्माण व्यवसायीहरूसँग विभिन्न मितिमा ठेक्का सम्झौता भएको भएपनि निर्माण व्यवसायीहररुले निर्धारित समयसिमा भित्र निर्माण कार्य सम्पन्न गर्न नसकेको, सो पश्चात् समेत निर्माण व्यवसायीहरूलाई लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न पटक पटक अनुरोध गर्दा समेत निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण ठेक्का तोडेको जनाइएको छ ।

कार्यालयका अनुसार कार्य सम्पन्न गर्न सक्ने अपडेट वर्कसिट तालिका र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित उपस्थित भई कार्य सुचारु गर्न निर्माण व्यवसायीहरूले तदारूकता नदेखाउँदा आफ्नो करारिय दायित्व पूरा नगरेको, ठेक्काको म्याद नरहेको, ठेक्का फरफारक नभएको, लामो समयसम्म ठेक्का अलपत्र अवस्थामा कार्तिक ११ गते कार्यालयबाट ठेक्का किन नतोड्ने सम्बन्धी १५ दिने सूचना प्रकाशित गरी स्पष्टीकरण मागेको थियो ।

स्पष्टीकरण मागे पनि सम्बन्धित निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) समेतको आधार मानी कार्तिक ३० को निर्णयानुसार ठेक्का सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ ।