Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

आज नेपाल र बंगलादेश मैत्रीपूर्ण फूटबल खेल्दै

२८ बिहिबार , कार्तिक २०८२एक बर्ष अगाडि

आज नेपाल र बंगलादेश मैत्रीपूर्ण फूटबल खेल्दै

आज बंगलादेशको राजधानी ढाकामा हुन लागेकाे अन्तराष्ट्रिय मैत्रीपूर्ण फूटबलमा नेपाल र बंगलादेश भिड्दैछन् । नेपाली समय अनुसार बेलुकी पाैने ८ बजे शुरू हुने उक्त खेलमा दुई देशवीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।

अन्तराष्ट्रिय फूटबल क्यालेन्डर अन्तर्गत हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने तयारी गरेका छन् । 

यसअघि दुई टोलीबीच गत भदौमा भएको मैत्रीपूर्ण खेलमा दुवै टाेलिले गाेल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो भने त्यतिबेला दुई मैत्रीपूर्ण खेल हुने भनिएपनि जेन्जी आन्दोलनको कारण एक खेल हुन सकेको थिएन ।

आजको खेललाई एएफसी एसियन कप छनोट खेलको तयारीको रुपमा लिइएको छ भने नेपालले नोभेम्बर १८ मा मलेसिया विरुद्ध छनाैट खेल खेल्दैछ ।