Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

महाप्रबन्धक खाेज्दै निगम

२८ बिहिबार , कार्तिक २०८२एक बर्ष अगाडि

महाप्रबन्धक खाेज्दै निगम

नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । निगमले एक सूचना जारी गर्दै महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न लागिएको जानकारी दिएको हो ।

महाप्रबन्धक पदका लागि इच्छुक तथा योग्य नेपाली नागरिकलाई सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिन आह्वान गरिएको छ । साथै आवेदन फाराम, उम्मेदवारको योग्यता तथा अनुभव, पेश गर्नुपर्ने कागजात, परीक्षाको छनोट विधि, पारिश्रमिक तथा सुविधा र अन्य विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको वेबसाइटमा रहेको पनि सूचनामा उल्लेख गरिएकाे छ ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले महाप्रबन्धक पदपूर्ति गर्ने प्रक्रियामा ढिलाइ गरेको भन्दै गत मंगलबार पर्यटन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसँग स्पष्टीकरण लिएकी थिइन भने सचिव मैनालीको संयोजकत्वमा कात्तिक १४ गते छनोट समिति समेत गठन गरिएकाे थियाे ।

कातिक ७ गतेबाट निवर्तमान कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएपछि अहिले नेपाल वायु सेवा निगम नेतृत्वविहीन छ ।