Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

लाइन काटिएको सबै उद्योगमा विद्युत् आपूर्ति हुन थाल्याे

२८ बिहिबार , कार्तिक २०८२एक बर्ष अगाडि

लाइन काटिएको सबै उद्योगमा विद्युत् आपूर्ति  हुन थाल्याे

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् उपभोग गरि प्रिमियम महसुल नतिरेका कारण लाइन काटिएका सबै उद्योगमा विद्युत् आपूर्ति  हुन थालेको छ । उद्योगहरूले कुल बक्यौताको २८ किस्तामध्ये पहिलो किस्ता भुक्तान गरेपछि उद्योगमा विद्युत् आपूर्ति नियमित गरिएको हाे ।

प्राधिकरणले पछिल्लोपटक बक्यौता विवादका कारण २५ उद्योगको लाइन काटेको थियो । जसमध्ये तीन उद्योगले नियमित महसुलसमेत नतिरेका कारण केही समय पहिले नै लाइन काटिएको थियो । प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार डेडिकेटेड र ट्रंकलाइन महसुल बक्यौताका कारण मात्र अब कुनै पनि उद्योगमा लाइन काटिएको अवस्था नरहेको बताइएकाे छ ।

यसअघि प्राधिकरणले गत असोज १२ गते पूर्वसूचना जारी गरेर २८ किस्तामा बक्यौताका भुक्तानीका लागि २१ कार्यदिनको समय दिएकोमा उक्त सूचना अनुसार १३ औद्योगिक ग्राहकले बक्यौता तिरेका थिए भने नतिरेका २५ उद्योगको लाइन काटिएको थियो । त्यस्तै प्राधिकरणले यहि कात्तिक ४ गते मुख्य ठूला ६ उद्योगको लाइन काटेको र कात्तिक ७ गते राति बाँकी उद्योगको बिजुली आपूर्ति काटेको थियो ।

यता लाइन काटिएका दुई उद्योग एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगले नियमित महसुल नै भुक्तानी नगरेका र उद्योगले आफ्नो ट्रान्सफर्मर मर्मत नगरी उद्योग नै बन्द गरेको बताइएकाे छ ।