Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

केहि प्रदेशकाे पहाडी भूभागमा आंशिक बदली हुने

२७ बुधबार , कार्तिक २०८२एक बर्ष अगाडि

केहि प्रदेशकाे पहाडी भूभागमा आंशिक बदली हुने

अहिले मुलुकभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले केहि प्रदेशकाे पहाडी भूभागमा आंशिक बदली भएपनि बाँकी भूभागकाे मौसम मुख्यतया सफा रहने छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको बताइएकाे छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ । त्यस्तै आज राति गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।