Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बलिउडका अभिनेता धर्मेन्द्रको निधन

२६ मंगलबार , कार्तिक २०८२९ घण्टा अगाडि

बलिउडका अभिनेता धर्मेन्द्रको निधन

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि सोमबार उनलाई ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएकोमा उनकाे उपचारका क्रममा निधन भएको हो ।

सोमबार श्वासप्रश्वासमा समस्या भएपछि ८९ वर्षीय अभिनेता धर्मेन्द्रलाई अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएकोमा उनकाे आज बिहान निधन भएको हो ।

हिन्दी सिनेमाका प्रिय स्टार मानिने बलिउडको ‘ही–म्यान’ को रूपमा परिचित धर्मेन्द्रको करियर छ दशकभन्दा बढी समयसम्म फैलिएको थियो भने आफ्नो फिल्मी करियरमा १०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।

पञ्जाबमा जन्मिएका धर्मेन्द्रको फिल्मप्रतिको मोह जीवनको सुरुवातदेखि नै सुरु भएको र उनलाई फिल्म फेयर नयाँ प्रतिभा प्रतियोगिता जितेपछि ठूलो सफलता मिलेकाे थियाे । जसले उनलाई अभिनय गर्न मुम्बई ल्यायो भने उनको डेब्यू १९६० मा अर्जुन हिंगोरानीको फिल्म ‘दिल भी तेरा हम भी तेरे’ बाट भएको थियो ।