
केहि समय सामान्य अवस्थामा रहेकाे सुनकाे मूल्य फेरि निरन्तर उकालाे लाग्न थालेकाे छ । हिँजाे साेमबार २ हजार ९ सयले बढेकाे सुनकाे मूल्य आज फेरि ४ हजार ९ सयले बढेकाे नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँले बढेर २ लाख ४६ हजार ४ सयमा काराेबार भइरहेकाे छ । हिँजाे सोमबार सुन तोलाकाे २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरि आज चाँदीको पनि मूल्य बढेको छ । आज चाँदी ताेलाकाे १०५ रुपैयाँले बढेर ३ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा काराेबार भएको थियो ।


