Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बागलुङमा डेङ्गी सङ्क्रमण बढ्दाे ५३२ जना सङ्क्रमित

२६ मंगलबार , कार्तिक २०८२१३ घण्टा अगाडि

बागलुङमा डेङ्गी सङ्क्रमण बढ्दाे ५३२ जना सङ्क्रमित

बागलुङमा पछिल्लाे समय डेङ्गी सङ्क्रमण तीव्र गतिमा बढेसँगै जिल्लाभर ५३२ जना डेङ्गु सङ्क्रमित भेटिएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार बागलुङ जिल्लाकाे बरेङ गाउँपालिकाबाहेक अन्य पालिकामा सङ्क्रमित देखा परेकाे हाे ।

बागलुङ नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित देखा परेका छन भने तमानखोला गाउँपालिकामा सबैभन्दा कम सङ्क्रमित रहेका छन् । बागलुङमा २९५ र तमानखोलामा एक जनामा डेङ्गी सङ्क्रमित देखा परेका प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएकाे छ ।

कार्यालयका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार सङ्क्रमण बढ्दै गएपछि लक्षण देखिएका बिरामीको दशवटै पालिकामा परीक्षण थालिएकाे छ । दशैँ र तिहार पछाडि सङ्क्रमितको सङ्ख्या बढेपछि परीक्षणलाई तीव्रता दिएकाे पनि घिमिरेले जनाएका छन् ।

अहिले सङ्क्रमितका लागि धौलागिरि अस्पताल बागलुङ, गलकोट अस्पताल, बुर्तिबाङ अस्पताल र कुस्मिशेरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको व्यवस्था मिलाइएको छ भने डेङ्गु सङ्क्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गरिएकाे छ ।