
अधिवक्ता सुरेन्द्र भण्डारी सभापति, युवराज पौडेल सफल उपसभापति भएर नेपाल समाजवादी केन्द्र नेपाल गाभेर नेपाल नागरिक पार्टी दर्ता भएको छ ।
अधिवक्ता भण्डारीले पार्टी खोलेपछि एउटा पार्टी थपिएको छ । यो थपिएको पार्टीले रास्वपाले झैं सनसनी फैलाउने दावी युवराज सफलको छ । सफल सफल होलान् कि नहोलान्, यसको निर्णय चुनाव भयो भने फागुन २१ मा हुनेछ ।
नेपाल नागरिक पार्टीमा महामन्त्री पुजनजंग गुरूङ, कोषाध्यक्ष दिपलाल जोशी रहेका छन् । २८ सदस्यीय केन्द्रीय समिति रहेको छ । केन्द्रीय सदस्यमा नुरमहमत मियाँ, तेजबहादुर कार्की, भगवती ढकाल, रामशरण बुढाथोकी निरा भण्डारी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूलाई समेटिएको छ ।


