
नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषदकाे बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्की एआइजी वरीयताको पहिलो नम्बरमा थिए । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उपत्यकाको कमाण्ड सम्हालेका कार्की प्रहरी संगठनमा क्षमतावान र निर्भिक अफिसरका रूपमा चिनिन्छन् ।
एआइजी कार्कीसँग चुनौतिपूर्ण घडीमा संवेदनशील ठाउँमा कुशलतापूर्वक कमाण्ड सम्हालेको अनुभव समेत रहेकाे छ । २०५४ साल चैत्र १८ गते प्रहरी इन्सपेक्टरको रुपमा सेवा प्रवेश गरेका थिए भने अब कार्कीले कात्तिक २७ बाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
अहिलेका आइजीपी चन्द्रकुवेर खापुङ्ग ३० वर्षे सेवा अवधिका कारण कात्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि आज बसेको मन्त्रीपरिषदकाे बैठकले नयाँ आइजी नियुक्त गरेको हो ।


