Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आलमको निधनमा तीन पालिकामा शोक बिदा

२४ आइतबार , कार्तिक २०८२२ दिन अगाडि

आलमको निधनमा तीन पालिकामा शोक बिदा

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको निधनमा तीन पालिकाले शोक बिदा दिएको छ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री आलमको निधनमा रौतहटकाे राजपुर, ईशनाथ र परोहाले शोक बिदा दिएको हाे ।

आज आइतबाररौतहट क्षेत्र नम्बर २ मा पर्ने उक्त पालिकाहरूले शोक विज्ञप्ति जारी गर्दै सार्वजनिक बिदा दिएका हुन् । स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

सिधै आईसीयुमा राखेर उपचार गरिएको आलमकाे अवस्था झन् जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकाेमा ब्रेन स्ट्रोक भएपछि देखिने दीर्धकालीन असरका कारण उनको मृत्यु भएको थियाे ।

यसअघि २०६४ साल चैत्र २७ गते रौतहटको राजपुरस्थित आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा विस्फोट हुँदा श्रीनारायणका कान्छा छोरा २२ वर्षीय त्रिलोकप्रताप सिंह र स्थानीय ओशी अख्तरसहित घाइते भएकाे र उनिहरूकाे उपचारकाे साटाे उपचारको साटो जिउँदै इँटाभट्टामा लगेर जलाएर हत्या गरेको मुद्दामा उनलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।

गत जेठमा उच्च अदालतले जिल्लाको फैसला उल्टाएपछि उनी नक्खु कारागारबाट थुनामुक्त भएका थिए भने त्यसलगत्तै उनलाई ब्रेन स्ट्रोक भएको थियो । दुई साता अगाडि अस्पतालमा भर्ना गरिएको आलमको कातिक २१ गते राति साढे २ बजे निधन भएकाे थियाे ।