
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएकाे छ भने चाँदीकाे मूल्य घटेको छ । सुनकाे मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर आज सुनको मूल्य २ लाख ३८ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
गएकाे शुक्रवार प्रतितोला सुन २ लाख ३८ हजार ४ सयमा काराेबार भएको थियो । अघिल्लो दिन बिहाबार सुन तोलाको २ लाख ३७ हजार ८ सयमा कारोबार भएको थियो भने शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेको थियाे ।
त्यसैगरि आज चाँदीको मूल्य सामान्य घटेको छ । आज ताेलामा ५ रुपैयाँले घटेर प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।


