Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड बढि राजस्व सङ्कलन

२१ बिहिबार , कार्तिक २०८२एक बर्ष अगाडि

भैरहवा भन्सारबाट तीन महिनामा २७ अर्ब ७५ करोड बढि राजस्व सङ्कलन

चालु आर्थिक वर्षको तीन महिनामा भैरहवा भन्सार कार्यालयले २७ अर्ब ७५ करोड बढि राजस्व सङ्कलन गरेकाे छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा २७ अर्ब ७५ करोड ५३ लाख ७८ हजार राजस्व सङ्कलन गरेको हाे ।

कार्यालयले गत साउनमा ९ अर्ब २ करोड ९४ लाख ३४ हजार, भदौमा ९ अर्ब ७० करोड ६३ लाख ९ हजार र असोजमा ९ अर्ब २८ करोड ६७ लाख २० हजार सङ्कलन गरेकाे भन्सार अधिकृत सन्तोषकुमार न्यौपानेले जनाएका छन् ।  

गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएकाे भन्सार कार्यालयले केही समय त्रिपालबाट सेवा प्रवाह गरेको थियो ।