
आज सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदैछ । नेपालसहित विश्वका विभिन्न भागमा रहेका सिख समुदायहरूले श्रद्धा–भक्तिपूर्वक याे दिवस मनाउन लागेका हुन् ।
यो दिवसले मानवलाई सहिष्णुता, करुणा र आपसी प्रेमको मार्गमा अघि बढ्न प्रेरणा दिने बताइएकाे छ । यो दिवसमा सिख समुदायले गुरुवाणी पाठ, आरती एवं मानव सेवाका कार्यक्रम गर्दै आएका छन् ।
असमानता, जातीय भेदभाव र हिंसाका विरुद्ध लाग्न गुरु नानकले प्रेरणा दिनुभएकाले उहाँलाई समनता तथा शान्तिको सन्देश वाहकका रूपमा विश्ववासीले सम्मान गर्दै आएका छन् ।


