
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लाे दिनकाे तुलानामा आज सुन प्रति तोला १ हजार ४ सय रुपैयाँले घटेर दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिँजाे सोमबार प्रतिताेला सुनको मूल्य २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको थियो । आज उक्त मूल्य १ हजार ४ सय रुपैयाँले घटेकाे महासंघले जनाएकाे छ ।
त्यसैगरि आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४५ रुपैयाँले घटेर प्रतिताेला ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।
तिहार अघि निरन्तर बढेर झण्डै २ लाख ६० हजारकाे हारहारीमा पुगेकाे सुनकाे मूल्य पछिल्लाे समय घटेकाे हाे ।


