Advertisement Banner
Advertisement Banner

२१ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सवारी लाइसेन्स सेवा आंशिक रुपमा संचालन

१८ सोमबार , कार्तिक २०८२३ दिन अगाडि

सवारी लाइसेन्स सेवा आंशिक रुपमा संचालन

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा संचालनमा आएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक रुपमा खुला भएको जनाएको हो ।

विभागका अनुसार ललितपुरको एकान्तकुना, भक्तपुरको राधेराधे, चाबहिल र सानो भर्‍याङबाट हाललाई विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता आंशिक रुपमा सुचारु गरिएको बताइएको छ । विभागले नयाँ प्रविधिमा आधारित भएर सवारी दर्ता तथा नवीकरण र इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवाबारे भने निर्णय गरेको छैन।

हाल उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक रुपमा खुला गरिएको र क्रमशः अन्य कार्यालयबाट पनि सेवा विस्तार गरिने विभागले जनाएको छ । कार्यालयबाट नयाँ लाइसेन्सको आवेदन खुलाउन लगभग तयार भए पनि विभागको सर्भर नचल्दा उनीहरुले सेवा पूर्णरुपमा सुचारु गर्न सकेका छैनन् ।

जेन–जी आन्दोलनका कारण चाबहिलस्थित कार्यालय पूर्णरुपमा ध्वस्त भएकाले अहिलेका लागि दक्षिणकोकास्थित ट्रायल सेन्टरको परीक्षा हल रहेको भवनबाटै सेवा दिनेगरी व्यवस्था मिलाइने यातायात व्यवस्था कार्यालय चाबहिलका सूचना अधिकारी गिरिजाप्रसाद रिजालले जनाएका छन् ।

आज भोलिदेखिनै सेवा दिन कार्यालय तयार भएपनि विभागको सर्भर नखुलेकाले नयाँ लाइसेन्स सेवा सुरु गर्न विभागबाट अझै केही दिन समय लाग्ने भएपनि आंशिक सेवा सुरु गरिसकेको बताइएको छ ।