Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

विघटित प्रतिनिधिसभा विरुद्धकाे मुद्दा हेर्न संवैधानिक इजलास गठन

१३ बुधबार , कार्तिक २०८२एक बर्ष अगाडि

विघटित प्रतिनिधिसभा विरुद्धकाे मुद्दा हेर्न संवैधानिक इजलास गठन

जेनजी आन्दाेलनपछि बनेकाे अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले विघटन गरेकाे प्रतिनिधिसभा विरुद्धकाे मुद्दा हेर्न संवैधानिक इजलास गठन गरिएकाे छ । सर्वाेच्च अदालतका  प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतकाे नेतृत्वमा संवैधानिक इजलास गठन गरिएकाे हाे ।

प्रधानन्यायाधीश राउतकाे नेतृत्वमा गठन भएकाे इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका छन् । गत २७ भदौमा प्रतिनिधिसभा विघटन गरिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियाे ।  

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि उक्त रिटहरूमाथि आज बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।