
प्रहरी प्रभाग नगरकोटमा नवनिर्मित भवनकाे प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले उद्घाटन गरेका छन् । महानिरीक्षक खापुङ्गले आज आयोजित एक कार्यक्रमबीच भवनकाे उद्घाटन गरेका हुन् ।
प्रहरी महानिरीक्षक खापुङ्गले भवन उद्घाटनसँगै उक्त नवनिर्मित भवनको अवलोकन र कार्यालय परिसरमा वृक्षारोपण गरेका थिए । त्यसैगरि भवन निर्माण कार्यमा सहयोग पुर्याउने महानुभावहरूलाई महानिरीक्षक खापुङ्गले प्रशंसापत्र प्रदान समेत गरेका थिए ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना मात्र नभई आम नागरिकको प्रहरी प्रतिको जीवन्त अपेक्षा र विश्वासको प्रतीक समेत रहेकाे उल्लेख गरेका थिए । उनले भवन निर्माणसँगै उच्च मनोबल तथा परिष्कृत सेवाभावका साथ प्रहरीद्वारा प्रदान गरिने सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै प्रहरी र नागरिक बीचको सम्बन्धलाई अझ सुमधुर र सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।


