Advertisement Banner
Advertisement Banner

१३ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

हिउँ परेपछि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

१२ मंगलबार , कार्तिक २०८२१४ घण्टा अगाडि

हिउँ परेपछि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह

मुस्ताङको मुक्तिनाथ क्षेत्र कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेकाे छ । बाक्लो हिमपात भएका कारण स्थानीय प्रशासनले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४, कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न भनेको हाे ।

उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको भन्दै जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई यस्तो आग्रह गरिएको बताइएकाे छ । अहिले जोमसोम-मुक्तिनाथ सडकखण्डअन्तर्गत कागबेनीदेखी साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेकाे छ ।

उक्त सडकमा सवारीसाधन लिएर मुक्तिनाथको यात्रा नगर्न अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताएका छन् । किप्पाका अनुसार कागबेनी-मुक्तिनाथ सडकको कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानका सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन नलैजान अनुरोध गरिएकाे हाे ।

त्यसैगरि मुस्ताङसँगै म्याग्दी जिल्लामा पनि पदयात्रा र हिमाल आरोहण नगर्न प्रशासनले आग्रह गरेको छ । मुस्ताङ–डोल्पा याकखर्क, मुस्ताङ–मनाङ थोरङला पास, मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दी धौलागिरी पदमार्गलगायत उच्च हिमाली क्षेत्रमा हल्कादेखि भारी हिमपातको सम्भावना रहेकाले पदयात्रा र हिमाल आरोहण नगर्न प्रशासनले आग्रह गरेको हाे ।