
नेपाली बजारमा पछिल्लो तीन दिनदेखि सुनको मूल्यमा लगातार गिरावट आएको छ । कातिक ९ गते आइतबार एकै दिन प्रतितोला ११ हजार ६ सयले घटेकाे सुनकाे मूल्य त्यस यता लगातार घटेकाे हाे ।
आइतबार प्रतितोला ११ हजार ६ सयले घटेर २ लाख ४१ हजार ९ सय कायम भएको सुनको मूल्य सोमबार फेरि तोलामा २ हजार घटेर २ लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो । आज फेरि प्रतितोला २ हजार ९ सय घटेपछि २ लाख ३७ हजारमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला ६० रूपैयाँले घटेर २ हजार ९ सय २० कायम भएकाे छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीकाे भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो समय सुनचाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ९ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएकाे छ ।


