Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

प्रचण्ड प्रधानमन्त्री हुँदा कोसी पड्किने भो

११ मंगलबार , श्रावण २०७३१० बर्ष अगाडि

प्रचण्ड प्रधानमन्त्री भए २०६५ सालमा। उनी प्रधानमन्त्री बहाली गरेको दिन यति ठूलो वर्षा भयो कि कोशीको बाँध फुट्यो। जनयुद्धमा १७ हजार मारिए, कोशी बाँधले त्यत्तिकै मानिसलाई पीडा भयो।

फेरि प्रचण्ड प्रधानमन्त्री बन्दैछन्। १९६४ मा भारतले बनाएको कोशी बाँध अन्तर्राष्ट्रिय आतंककारीले ध्वस्त पार्ने खबर सार्वजनिक भएको छ। भारतीय टीभी आजतकले दिएको यो खबरमा कुनै सत्यता भने नेपालले प्रचण्डको शासनकालमा अर्को बिपत्ति भोग्नुपर्ने स्थिति आउन लाग्यो भन्दा हुन्छ। सुनसरीका जिडियो मोहन चापागाईले पनि सुरक्षा कडा पारेको भनेका छन्। कुन खालको आतंककारी संगठनले घटना घटनाउन सक्ने हो, अझै खुलेको छैन। तर भारत र नेपालमा सनसनी फैलिसकेको छ। यद्यपि सेनाले सुरक्षा बढाएको छ। नेपालमात्र होइन, भारत पनि सतर्क भएको छ। सुनसरी र सप्तरीको वीचमा बनेको कोशी बाँध पड्काउने खतराका साथै अमेरिकाले र भारतको जागरण अनलाईनले पनि नेपालमा आतंककारीको अड्डा बन्ने खतरा रहेको बताइसकेका छन्। त्यसपछि नेपालको सुरक्षाव्यवस्था चौकन्ना पारिएको छ। तर नेपाल भारतवीचको खुला सीमाबाट जहिलेसुकै आतंककारी घूसपैठ हुनसक्ने जोखिम नकार्न सकिदैन।