Advertisement Banner
Advertisement Banner

१३ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न

१२ मंगलबार , कार्तिक २०८२१९ घण्टा अगाडि

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न

आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएकाे छ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठपर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिएकाे हाे ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक मान्यता रहेकाे छ । भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्यको दर्शन गरेपछि छठ पूजा सम्पन्न भएकाे मानिन्छ ।

धार्मिक मान्यता अनुसार पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास रहेकाे पाइन्छ ।

छठ पर्व तराई-मधेशसलगायत काठमाडौंमा पशुपति क्षेत्रको गौरीघाट र कमलपोखरीमा छठ मनाइएको छ । गौरीघाटमा यसपटक ७ सय भन्दा बढी छठ पूजास्थल निर्माण गरिएको थियो भने त्यहीँ पुगेर बिहानै भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरेका थिए । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यो सालको छठ पर्व सम्पन्न भएको छ ।