
आज बिहानै सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्पको गएको हो ।
केन्द्रका अनुसार ४.३ म्याग्निच्यूडकाे भूकम्प गएकाे बताइएकाे छ । उक्त भूकम्प छिमेकी जिल्लामा समेत महशुस गरिएको थियो भने भूकम्पकाे कारण सर्वसाधारण त्रसित बनेका छन् ।
यसअघि असाेज २८ गते राति बझाङको दान्तोला केन्द्र बनाएर गएराति १ बजेर ८ मिनेटमा ४.९ म्याग्निच्यूडको भूकम्प गएको थियाे भने पश्चिम नेपालका विभिन्न जिल्लामा बेलाबेलामा भुकम्प जाने गरेकाे छ ।


