Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नागरिक समाज

१२ मंगलबार , कार्तिक २०८२एक बर्ष अगाडि

नागरिक समाज

नागरिक समाज त छैन तर नागरिक अगुवा भन्नेहरूले पहिलोपल्ट राजनीतिक दलको नेतृत्व अविलम्ब हस्तान्तरण हुनुपर्छ भनेका छन् ।
२४ जना नागरिक अगुवाहरूले भनेका छन्– राजनीतिक दललाई नेतृत्व हस्तान्तरण गर्न आह्वान गरेका छन् । नागरिक अगुवाहरूले सरकार, राजनीतिक दल र जेन्जीलाई गम्भीर चिन्ता व्यक्त गर्दै नेतृत्व हस्तान्तरणको लागि आह्वान गरेका हुन् । उनीहरूले शान्तिपूर्ण वातावरण बनाउन र संवाद थाल्न सरकारलाई आग्रह गरेका हुन् ।
ध्यानाकर्षण गराउनेहरूमा लोकराज बराल, गणेशमान गुरूङ, रत्न संसार श्रेष्ठ, उपेन्द्र कोइराला, सुशील प्याकुरेल, चण्डेश्वर श्रेष्ठ, कनक दीक्षित, रेणु अधिकारी, शरद वन्त, महेश मास्के, परशुराम तामाङ, शङ्कर सुवेदी, झलक सुवेदी, कुन्दन अर्याल, टीकाराम भट्टराई, शोभाकर बुढाथोकी, उषा झा, गीता त्रिपाठी, राधिका खतिवडा, भागिराम चौधरी, राजेन्द्र महर्जन, चूर्णबहादुर चौधरी र बिन्दु शर्मा रहेका छन् ।